नियम ३२
किरिया बिदा
(१) कुनै प्रहरी कर्मचारीले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा वा त्यस्तो प्रहरी कर्मचारीको बाबु, आमा, बाजे, बज्यै, छोरा, छोरी वा सासू ससुराको मृत्यु भएमा वा पुरुष प्रहरी कर्मचारीको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन किरिया बिदा पाउनेछ । महिला प्रहरी कर्मचारीको हकमा निजको पतिले किरिया बस्नु परेमा निजलाई त्यति नै दिन किरिया बिदा दिइनेछ ।
(२) किरिया बिदामा बस्दा प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।
(३) उपनियम (१) बमोजिम बिदा लिने प्रहरी कर्मचारीले कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र र मृत व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।